ढल्दैनन् त घरभित्रका ढाडेहरु ?

Leave a Comment
गणेश लम्साल

समाजभित्र संरक्षण पाएर बसेको अपराधीलाई पक्राउ गर्न र प्रवृत्तिलाई मिल्काएर सभ्य समाज बनाउन कति गाह्रो हुँदो रहेछ भर्खरै सम्पत्ति शुद्धीकरण आयोगले पाँच जना डन र तिनका पत्नीमाथि मुद्दा दर्ता गराउन गरेको संघर्षबाट प्रस्ट भएको छ । गुन्डाहरू गुन्डा मात्र रहेको भए कुनै पनि सरकारले उहिल्यै कारबाही चलाइसक्थ्यो । तर, पहुँचवालाहरूले प्रयोग गर्ने र राजनीतिक तथा सामाजिक संरक्षण प्राप्त हुन थालिसकेकाले सरकारले चार वर्षसम्म उनीहरूको फाइल अगाडि बढाउन पाएन । अहिले पनि त्यही कारणले होला मुद्दा दर्ता गराए पनि उनीहरूलाई अझै पक्राउ गर्न सकेको वा चाहेको छैन ।
लोकतन्त्र बहालीपछि शासनमा पुरानो ढर्रा सबै फेरिन्छ र नयाँ नेपाल स्थापना हुन्छ भन्ने आश थियो । तर, त्यस्तो केही भएन । बरु ठेक्कापट्टा, जग्गा दलाली, कर्मचारी सरुवा-बढुवा, ढुंगा-गिट्टी र अन्य मालवस्तुको तस्करीका लागि बम्बईया सिनेमाजस्तो सुपारी संस्कृति हावी भयो । यसका लागि मानिस अपहरणमा पर्नु र दुई/चारलाई छकाछक काट्नु सामान्य हुन थाल्यो । अरू त अरू न्यायालय आफँै कोमामा पसेको अवस्था सिर्जना भयो । आफ्नै आँगनमा गुन्डाले ताण्डव मच्चाउँदा न्यायालय चुप लागेर तमासे बन्न बाध्य भयो । जनताको सबैभन्दा शक्तिशाली हतियार भनिएको स्वतन्त्र प्रेसको नाक भाँच्ने दुस्साहस डनहरूले गरे । गुन्डागणराज्य चाहनेहरूले नियोजित रूपले लोकतन्त्रका यी दुई मेरुदण्डलाई कमजोर बनाएर आफनो एकछत्र राज चलाउन चाहे ।
प्रहरीले डनहरू फरार रहेको जनाएको छ । तर, राष्ट्रिय/अन्तर्राष्ट्रिय अपराधी पक्राउ गरेर कारबाही गराउन सक्ने नेपाल प्रहरी डनहरूलाई पक्राउ गर्न नसक्ने अक्षम पक्कै होइन । प्रहरी किन बिचरा र निरीह बन्यो, यसमा सबैले चासो दिनुपर्छ । पर्शुराम बस्नेत, गणेश लामा, दीपक मनाङे, चक्रे मिलन र अभिषेक गिरी त कुशासन व्याप्त राज्यका प्रतिनिधि मात्र हुन् । वास्तविक डन धेरै छन् ।
प्राकृतिक स्र्रोत-साधनको दोहन गराउने, जग्गा दलाली गर्ने, ठेक्कापट्टा हत्याउन लगाएर त्यसबाट कमिसन खान पल्केकाहरूले नै डन हुर्काएका हुन् । सिन्को नभाँच्ने तर नेता र अगुवाका नाममा निरीह नेपालीमाथि हुकुम चलाएर करोडाँै सम्पत्ति कमाउनेको सांगोपांगो खोजी हुनु जरुरी छ । डनहरू त मोहरा मात्र हुन् । उनीहरू कुन कारोबारमा थिए, पैसा कसरी हत्याउँथे । के-के प|mड गरे र त्यसको भागबन्डा क-कसलाई जाने गथ्र्याे सोको पनि खोजबिन थालिनुपर्छ । हिजो चिनी चोर्दा भाटे कारबाहीमा परेकाहरू कसरी सुनको मोटो सिक्री लगाएर कार चढ्ने भए, खलासी-ड्राइभरहरू कसरी करोडपति बने ? सामान्य आर्थिक अवस्थाबाट राजनीतिक जीवन सुरु गरेका नेताहरू केही वर्षमै कसरी करोडाँै सम्पत्तिका मालिक बने ? अचम्म कत्ति पनि होइन, सबै कुशासनकै योगदान हो । कुन डनले कुन-कुन दलका नेतालाई कमिसन पुर्‍याउँथे ? खोज्नुपर्छ । संविधानसभा निर्वाचनअगावै जनतासमक्ष सार्वजनिक गर्नुपर्छ । यसमा राज्य संयन्त्र र सञ्चारकर्मी सबै लागिपर्नु आवश्यक छ । नत्र समाज पूर्ण आपराधिक भएर जान्छ र बाहुबली हुन्छ । निर्धाले बाँच्ने दिन सकिन्छन् । बलियाहरू मोज गरिरहन्छन् अनि निर्धाहरू गरीब र असहाय बनी अकालमै मनोरोगी भएर मर्न बाध्य हुन्छन् ।
गुन्डा चलाएर पार्टी टिकाउने र डनहरूको संख्या बढाएर सिंगो युवा जमातको मानसिकतालाई गुन्डा बनाउने योजनाको सबै नागरिक समाजले निन्दा गर्नुपर्छ । डनहरूलाई संरक्षण गर्ने केन्द्रीय र स्थानीय नेताहरूको चालचलन र सम्पत्तिको पनि खोजी थालिनुपर्छ । बजारमा खसी-बाख्राका भाउ मोलेर हिँड्नेहरू दुई/तीन वर्षमै प्रहरी प्रशासनका उच्च अधिकारीलाई भोज ख्वाउने हैसियतमा कसरी पुगे ? त्यो पनि खोजिनुपर्छ । अब टेन्डर भर्ने, जग्गा दलाली गर्ने, तस्करी गर्ने आदि नामका पार्टी भो, अति भो जनतालाई चाहिएको छैन भनेर भित्री मनबाटै सबैले भन्नुपर्छ, 'सरकार ! डनहरूलाई मुद्दा चलाउने मात्र होइन, पक्राउ गरेर खोरमा हाल ।'
- See more at: http://janaaasthanews.com.np/-73#sthash.XSZpV6eg.dpuf
Read More...

खै, के नै गर्न सकियो र यसबीच ?

Leave a Comment
सुदर्शन मंगोल

नेकपा-माओवादीको अन्तर्राष्ट्रिय विभागले भर्खरै पहिलोपटक अंग्रेजी वेब बुलेटिन पिपुल्स भ्वाइस प्रकाशन गरेको छ । सोका लागि अध्यक्ष कमरेड किरणले लामो अन्तर्वार्ता दिनुभएको छ । किरणले एक वर्षको अवधिमा नयाँ पार्टी निर्माणको पृथक् पहिचान दिन सकेको भए पनि संघर्षको कार्यक्रम र जनपरिचालनको क्षेत्रमा प्रभावकारी कदम अघि बढाउन नसकेको स्वीकार गर्नुभएको छ । यो सत्य हो कि किरणले भनेजस्तै पार्टी निर्माणको एक वर्ष संघर्षका हिसाबले खासै उपलब्धिमूलक बन्न सकेन । अब यसको गम्भीर समीक्षा गरेर नयाँ रणनीति तय गर्ने बेला आएको छ ।
प्रचण्ड-बाबुराम गुटसँग गत असारको पहिलो साता सम्बन्धविच्छेद गर्नु ठूलो उपलब्धि थियो । जसबाट देश/विदेशका क्रान्तिकारीहरू असाध्यै उत्साहित भए । नेपालमा फेरि क्रान्तिको झन्डा फहराउने भयो भन्नेमा भाइचारा आशावादी बने । तर, विडम्बना, जुन लक्ष्य र उद्देश्यका साथ पार्टी निर्माण गरिएको थियो, त्यो पूर्णतः पूरा गर्न सकिएन । यसलाई क्रान्तिकारी पार्टी नेकपा-माओवादीका सबै नेता-कार्यकर्ताले निर्मम समीक्षा गर्नै पर्छ । विगतको समीक्षा नगरी भविष्यको बाटो कोर्न सकिँदैन । सत्यबाट कोही पनि आतंकित र त्रसित बन्नु हुँदैन । यतिबेला क्रान्तिकारी माओवादी पार्टी नयाँ अग्निपरीक्षामा उभिएको छ । यसबाट उत्तीर्ण हुनैपर्ने छ । नत्र नयाँ पार्टी निर्माणको औचित्य पुष्टि हुने छैन र हाम्रो भविष्य वामदेव गौतम वा सिपी मैनालीको हविगतमा पुग्नेछ ।
पार्टी निर्माण गर्नु मात्र ठूलो कुरा होइन । त्योभन्दा महत्त्वपूर्ण त नयाँ पार्टीले वैचारिक, राजनीतिक, सांगठनिक क्षेत्रका साथै कार्यक्रमिक र व्यावहारिक सबै हिसाबले नयाँ कुरा दिनु हो । विचारमा मालेमावाद, राजनीतिमा नयाँ जनवादी क्रान्तिको नारा र सांगठनिक रूपमा नेकपा-माओवादी निर्माण गर्नु पनि ठूलै उपलब्धि हो तर यत्ति मात्र नयाँ क्रान्तिकारी पार्टीको लक्ष्य होइन । नयाँ र क्रान्तिकारी हौँ भन्ने तर काम पुरानै कुनै पनि तवरले नयाँ पार्टीको पहिचान हुन सक्दैन । आज क्रान्तिकारी पार्टीको पहिचान गुम्दै जान थालेको अनुभूति कार्यकर्ताले गर्न थालेका छन् ।
बौद्ध भेलाले उही पुरानो कार्यदिशा जनयुद्धको जगमा जनविद्रोह नै तय गर्‍यो । एकीकृत पार्टी छँदै क्रान्तिकारी विचार समूहले जनविद्रोहको कुरा जोडतोडले उठाएको थियो । नयाँ पार्टी निर्माणपछि त्यही कार्यदिशालाई नै निरन्तरता दिने काम भयो । तर, व्यवहारमा कुनै परिणाम हासिल हुन सकेन । बौद्ध भेलाको ७ महिनापछि सम्पन्न साताँै महाधिवेशनले कार्यदिशालाई थोरै व्यवस्थित गर्‍यो । त्यो भनेको जनयुद्धको जगलाई नयाँ ढंगले परिभाषित गर्नु ।
खासमा जनयुद्धको जग भनेको नयाँ ढंगले क्रान्तिको तयारी नै थियो । प्रतिक्रियावादीहरू भित्रभित्रै भीषण युद्धको तयारी गरेर आइरहेका बेला त्यसको प्रतिरोध कसरी गर्ने भन्ने विषयमा नयाँ ढंगले परिभाषित गरिएको हो । तर, त्यो म्यान्डेटअनुसार पार्टी हिँड्न सकेन । फेरि पनि हाम्रा आफ्नै कमजोरी देखिन थाले । हामी जति ढिलासुस्ती गर्दै गइरहेका छौँ, त्यति हाम्रा सोच, चिन्तन र व्यवहार पनि क्रमशः गैरक्रान्तिकारी देखिन थालेका छन् । भोलि जनविद्रोह भजाइ खाने संस्कृतिमा रूपान्तरित होलाजस्तो छ । एक वर्षभित्र यही परिवेशमा रहिरहे धेरै मान्छे कि पलायन भइसकेका हुनेछन् कि त एमाओवादीतिर प्रवेश गर्नेछन् । किनभने अहिलेको परिवेश एमाओवादीका लागि उपयुक्त र उर्वर भूमि हो । उनीहरू यही परिवेशबाट आफ्नो राजनीति अघि बढाउन चाहन्छन् । उनीहरूको लक्ष्य नै बुर्जुवा संसदीय प्रक्रियाबाट सत्तामा पुग्ने बर्नस्टिन, काउत्स्की र खु्रस्चेभको बाटो हो ।
माओले भनेजस्तै क्रान्ति कुनै चिया पसलको गफ होइन, न त भोजभतेर गरेर रमाइलो गर्ने खेल नै हो । क्रान्ति निर्मम हुन्छ । त्यसमा पनि सर्वहारा क्रान्ति त असाध्यै निर्मम हुन्छ । मान्छेहरू जब क्रान्तिको जटिल प्रक्रियाबाट थाक्छन्, भविष्यको सुन्दर पक्षबाट आतंकित हुन्छन्, त्यसबेला मौलिक क्रान्तिको कुरा गर्न थाल्छन् । मौलिक क्रान्तिको कुरा गर्नेहरू या त संशोधनवादी हुन्छन् या अज्ञानी । विश्व कम्युनिस्ट आन्दोलनमा बर्नस्टिनदेखि खु्रस्चेभसम्म र नेपालमा एमालेदेखि एमाओवादीसम्म आइपुग्दा ती सबै संशोधनवादी मौलिक र भिन्न क्रान्तिको कुरा गर्दै अन्ततः संशोधनवादमा पुगेर पतन भए ।
नेकपा-माओवादीमा पनि कतिबेला मौलिक क्रान्तिको कुरा चोर दुलोबाट सुन्नमा आउँछ, थाहा छैन । हामीलाई कथित मौलिक क्रान्ति चाहिएको छैन । आजको दुनियाँमा माक्र्सको सिद्धान्त सार्वभौम छ, किनकि सिंगो दुनियाँ वर्ग विभाजित छ । आजको विश्वमा लेनिनको सिद्धान्त सार्वभौम छ, किनभने क्रूर पुँजीवादी व्यवस्थालाई सशस्त्र संघर्षको बाटोबाट निस्तेज पार्नु छ । अनि माओको सिद्धान्त त झनै सार्वभौम छ, यसकारण कि साम्राज्यवादी र विस्तारवादीसँग दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट अघि बढेर मात्र सर्वहारा क्रान्ति सम्पन्न गर्न सकिनेछ । हामीले यो भन्नैपर्छ, नेपाली क्रान्तिको बाटो माओले प्रतिपादन गरेको नौलो जनवादी क्रान्ति र संघर्षको स्वरूप दीर्घकालीन जनयुद्ध नै हो । दीर्घकालीन जनयुद्धको सिद्धान्त नेकपा-माओवादीको मूल बाटो हो । जसलाई बौद्ध भेला र सातौँ महाधिवेशनबाट प्रस्टसाथ दस्ताबेजमा राखिएको छ । साम्राज्यवादीहरू अत्याधुनिक हतियारले सुसज्जित बनेको वर्तमान विश्वमा कसैले चुनावबाट सत्ता कब्जाको कुरा गर्छ भने त्यसको परिणाम अन्ततः इन्डोनेसिया र चिलीको हालत नै हो । जहाँ ती देशमा कम्युनिस्टहरू चुनावबाट सत्तामा पुगे तर पछि साम्राज्यवादी षड्यन्त्रका कारण दसाँै लाख कम्युनिस्टको नरसंहार हुन पुग्यो । 
खुला र इमानदार भएर नयाँ क्रान्तिकारी पार्टी निर्माण भएको एक वर्षको समीक्षा गर्दा गुण र सारको हिसाबले खासै ठूलो उपलब्धि हासिल हुन सकेको छैन । एमाओवादी र क्रान्तिकारी माओवादीमा कुनै भिन्नता छैन भनेर जिज्ञासा राख्नेहरू हाम्रा क्रान्तिकारी शुभचिन्तक र भाइचाराहरू नै हुन् । पार्टी निर्माणको यो अवधि अझ मूलतः महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि परिणाममा कुनै गुणात्मकता नदेखेपछि भाइचारा र आम कार्यकर्ता अनि जनता निराशावादी बन्न थालेका छन् । आजको तथ्य यही हो र सत्य पनि । सत्यलाई चिन्ने साहस गरौं । सत्यबाट भाग्नेहरू कोही पनि सही र क्रान्तिकारी मान्छे बन्न सक्दैनन् । के हामी सत्यलाई चिन्ने आँट गर्न सक्छौ ? के क्रान्तिको निरन्तर अग्निपरीक्षामा उत्तीर्ण हुन सक्छौँ ?

Read More...

सूचना आयोग विघटनको सवाल र प्रधानमन्त्रीको मौनता

Leave a Comment

भारत र चीनले विज्ञान र प्रविधिको क्षेत्रमा गरेको अभूतपूर्व विकासले अहिले यी मुलुकहरु विश्वकै अग्रस्थानमा पुग्ने लक्ष्यका साथ आफ्ना आर्थिक अभियान अगाडि बढाइरहेका छन् । यो यथार्थता नेपालको लागि अवसर र चुनौती दुवै हो । हाम्रो देशले पनि यतिखेर विज्ञान र प्रविधि बुझ्न सक्ने दुईजना प्रमुख नेतृत्व पाइरहेको छ । राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराई । वहाँहरुको नेतृत्वमा मुलुकले अल्पकालीन रुपमा सुधारका नविनतम् आशाहरु सहित दिर्घकालीन हिसाबले दिगो विकासको लक्ष्य पछ्याउनुपर्ने हो । हाम्रा राजनीतिक नेतृत्वहरु २१औं शताब्दीमा विज्ञान प्रविधिको विकासका ठूला–ठूला कुरा गर्न माहिर छन् । सपना देखाउन सिपालु मानिन्छन् हाम्रा राजनीतिक नेतृत्वहरु । तर व्यवहारिक हिसाबले विज्ञान तथा प्रविधि मन्त्रालयको अहिलेको अवस्था हेर्दा उनीहरुको कथनी र करनीबीचको अन्तर स्पष्ट हुन्छ ।
अहिले नेपालको विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कुनै एउटा राम्रो आय स्रोत भएको गाउँ विकास समितिको भन्दा बढी छैन । कुल बजेटको १ प्रतिशत बजेट पनि यो मन्त्रालयमा पर्दैन । कर्मचारीहरु कुनै गल्ती गरेबापत कारवाही भोग्न यो मन्त्रालय पठाएको हो कि भनेझैं रक्षात्मक मानसिकतामा ‘कठै’ को जागिर खाइरहेका छन् । विज्ञान मन्त्रीकै भनाईमा यो मन्त्रालयमा एकजना सहसचिवलाई अन्तबाट सरुवा गरेर ल्याउन पनि नसक्ने अवस्था छ । यहाँ आउने मन्त्रीहरु पनि आफूलाई कारवाही गरेर यहाँ पठाएको हो कि भन्ने बुझाइबाट ग्रसित छन् । यसअघिका विज्ञान तथा प्रविधि मन्त्रीले त वक्तव्य बाजी पनि गरे ।
विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले पनि यस्तो निरिह अवस्थामा मन्त्रालय राख्नुभन्दा यसको महत्व छैन भने अर्को मन्त्रालयमा गाभ्दिनु प¥यो, होइन भने यसलाई पुनर्संरचना सहित शक्तिशाली र प्रभावकारी मन्त्रालयको रुपमा स्थापित गर्नुप¥यो भन्दै सार्वजनिक कार्यक्रममा बोलिरहेकी छिन् । मन्त्रालय पुनर्संरचनाको बिषय विज्ञान, प्रविधि र अनुसन्धान–अन्वेषणसँग सम्बन्धित कामहरु एकीकृत र केन्द्रीकृत रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेगरी र गर्न सक्नेगरी मन्त्रालयको कार्यक्षेत्र र क्षमता विस्तारको सवाल हो । जब नयाँ र शक्तिशाली मन्त्रालय बनाउने कुरा उठ्छ, संरचनागत तहमा केही पुराना भत्काउने र केही नयाँ बनाउने कुरा उठिहाल्छ । अहिले एकाध पत्रिका र अनलाइनमा उच्च स्तरीय सूचना प्रविधि आयोग विघटनको कुरा चर्कोगरी उठिरहेको छ । आयोग विघटनको सवाललाई मन्त्रालय पुनर्संरचनाको बृहत अवधारणसँग नजोडी टुक्रे हिसाबले रहस्यमय प्रचार अभियान किन छेडिएको छ ? यो गम्भीर रहस्यको कुरा भएको छ ।
उच्च स्तरीय सूचना प्रविधि आयोगको स्थापना २०६०÷५÷८ गतेको मन्त्रीपरिषदको निर्णयानुसार प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको हो । यस अघि नै २०५८ सालमा राष्ट्रिय सूचना प्रविधि केन्द्र स्थापना भएको थियो । मुलुकभर आयोग मातहत ९२ वटा टेलिसेन्टरहरु रहेका छन् भने केन्द्र मातहत करिब १७० वटा । मुलतः आयोग दुई किसिमका हुन्छन् ः अल्पकालिन र दिर्घकालीन । यो आयोग गठन प्रक्रिया र कार्य विधि दुवै हिसाबले अल्पकालीन प्रवृत्तिको हो । आफैं क्रियान्वयन गर्ने हैसियत कानुनी हिसाबले यो आयोगले राख्दैन । राष्ट्रिय सूचना प्रविधि केन्द्रले क्रियान्वयन गर्ने हैसियत राख्छ तर एउटै काम गर्ने दुईओटा संरचनाहरु क्रियाशील बनाइराख्नु भनेको बिषयलाई भद्रगोल बनाउनु र राज्य कोषमा अनावश्यक बोझ थोपर्नु हो । आयोग र केन्द्र (हुलाक सेवा विभाग समेत) ले धेरै स्थानमा टेली सेन्टरहरु स्थापना गरिरहेका छन् । एउटै प्रकृतिको कार्य समानान्तर रुपमा धेरै निकायबाट सम्पादन हुनु दोहोरोपन भएकोले यो एक सोचनीय बिषय हो । हाल ती सेन्टरहरुको व्यवस्थापन र नियमित अनुगमन राज्यकै लागि एक पेचिलो बिषय बनेको छ । एउटै प्रकृतिको जिम्मेवारी फरक फरक मन्त्रालयलाई दिंदा विज्ञान तथा प्रविधि क्षेत्रको व्यवस्थित विकासको लागि अन्तरनिकाय समन्वय चुनौतीको पहाड भएको छ ।
आयोग प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको भएपनि स्थापनाकालदेखि हालसम्म ५ पटक मात्र आयोगको बैठक प्रमको अध्यक्षतामा बसेको अभिलेखबाट देखिन्छ । ०६३ असोजबाट विज्ञान तथा प्रविधि मन्त्री सहअध्यक्ष रहने व्यवस्था भएपछि सहअध्यक्षको अक्ष्यक्षतमा मात्र २ वटा बैठक बसेको छ । नाम उच्चस्तरीय आयोग भने पनि आयोगको बैठकको अध्यक्षता उच्च स्तरीय पदाधिकारीबाट भएको र बैठक पनि नियमित हुने गरेको छैन । जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी पदेन ३ दर्जन भन्दा बढी समितिहरुको अध्यक्ष हुने र बैठक कहिले पनि नहुने अव्यवहारिक जिम्मेवारीजस्तै भएको छ उच्च स्तरीय आयोग पनि ।
बनेपास्थित निर्माणधीन आइटी पार्क परियोजनालाई आयोगको स्थापना सँगसँगै मातहत राखिएको पाइन्छ । यद्यपि आइटी पार्क हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । आयोगलाई तत्कालीन सरकारले सुम्पिएको काम, कर्तव्य र अधिकार कम आंकलन गर्न सकिने प्रकृतिको छैन । सूचना प्रविधि उच्च स्तरीय आयोग सम्बन्धी कानुन तर्जुमा गर्ने अधिकारलाई उदाहरणको रुपमा लिन सकिन्छ । आयोग सम्बन्धी अध्यादेश जारी गर्ने बिषयले पनि आयोगको बैठकमा प्रवेश पाएको देखिन्छ । २०६७ मंसीरमा सूचना प्रविधि उच्चस्तरीय आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रालय समक्ष पेश भएकोमा सो मस्यौदालाई तर्जुमा र नीतिगत दृष्टिकोणबाट थप परिमार्जन गरी पठाउन फिर्ता गरिएको र अर्को मस्यौदा भने प्राप्त भैनसकेको मन्त्रालय स्रोत बताउँछ । आयोगले आफ्नो बार्षिक प्रतिवेदन आर्थिक बर्ष समाप्त भएको ३ महिनाभित्र सरकार समक्ष बुझाउनुपर्ने प्रावधान छ भएपनि आयोगले प्रतिवेदन बुझाएको भन्ने जानकारी नभएको मन्त्रालय स्रोतले बताउँछ ।
नेपाल सरकारको चालु आ.व. को नीति तथा कार्यक्रममा ‘सूचना प्रविधि विभाग’ स्थापना गरिने उल्लेख छ । सूचना प्रविधि नीति, २०६७, विद्युतीय सरकार गुरु योजना र त्रिबर्षीय योजनाले परिलक्षित गरेका कार्यक्रमहरुको कार्यान्वनको लागि समेत मन्त्रालयको पुनर्संरचना र विभागको स्थापना अत्यावश्यक भइसकेको छ । तदनुरुप प्रक्रिया अगाडि बढिरहँदा नेपाल सरकारले १०२ बुँदे मितव्ययिता सम्बन्धी नीति लागू गरेकोले कतै न कतै चालू खर्च नघटाई नुहने परिस्थिति मन्त्रालयमा सृजना हुनेनै भयो । आयोग क्रमशः प्रभावहीन बन्दै गएको, नीतिगत तहमा धेरै कार्य पनि भैसकेको र कार्यान्वयनको चुनौती रहेको, अन्तर निकाय समन्वय फितलो हुँदै गएकोले समग्र अवस्था आत्मसाथ गर्दा मन्त्रालय आयोगको विघटनतर्फ उन्मुख भएको विज्ञान मन्त्री धमलाको स्पष्टोक्ति छ ।
आयोगको विघटन पश्चात कमजोर मन्त्रालयले आयोगको कामलाई थेग्न सक्दैन भन्ने आशंका पनि कतिपयको छ । यसलाई ध्यान दिंदै प्रधानमन्त्रीकै अध्यक्षतामा राष्ट्रिय सूचना प्रविधि सल्लाहकार परिषदको गठन प्रक्रिया मन्त्रालयले अगाडि बढाएको देखिन्छ । आयोग स्थापना हुनुपूर्व राष्ट्रिय सूचना प्रविधि विकास परिषद् क्रियाशील रहेको सबैलाई अवगत भएकै कुरा हो । हाल प्रस्तावित परिषद्को सचिवालयको काम मन्त्रालयले गर्ने भएकोले थप प्रशासनिक र आर्थिक व्ययभार पनि नपर्ने देखिन्छ । परिषद्ले समन्वय, रेखदेख, अनुगमन, नीतिगत मार्गदर्शन गर्ने र नीति, योजना कार्यान्वयनको लागि विभाग÷केन्द्र लगायतका निकाय रहने भएकोले मन्त्रालयको प्रस्तावित कदमबाट सूचना प्रविधिको विकासमा अवरोध सृजना हुने वा दोहोरोपन आउने वा अनावश्यक आर्थिक व्ययभार समेत पर्ने अवस्था रहने छैन ।
उच्च स्तरीय सूचना प्रविधि आयोगको विघटन र परिषदको गठनपछि सूचना प्रविधिको समन्वयात्मक र योजनाबद्ध विकासको लागि मन्त्रालय सदैव दृढ र प्रतिबद्ध रहनुपर्छ । त्यसर्थ, मौजुदा सूचना तथा सञ्चार प्रविधिको बहुसंख्यक जनताले अधिकतम् लाभ लिन सक्ने वातावरणको सृजना गर्ने र सूचना प्रविधिलाई एक आकर्षक सेवा उद्योगको रुपमा रुपान्तरण गर्ने बिषयहरुमा केन्द्रित बहस, सल्लाह र सुझावलाई मन्त्रालयले मार्ग दर्शनको रुपमा लिनुपर्छ । यति हुँदाहुँदै पनि उच्च स्तरीय सूचना प्रविधि आयोगको विघटनको सवाललाई रहस्यमय ढंगले उराल्ने काम रहस्यमय छ नै । आयोगले अहिलेसम्म आवश्यकता र अपेक्षाकृत रुपमा बाहिरी सहयोग भित्र्याउन सकेको इतिहास छैन, एक–दुई परियोजना बाहेक । कम्प्युटर एसोसियसन अफ नेपालले नै कतिपय विदेशी परियोजना प्रत्यक्ष बाँडचुड गर्नु र आयोगले यसलाई टुलुटुलु हेरेर बस्ने लाचार प्रवृत्ति देखाउने सूचना प्रविधि क्षेत्रको लागि नयाँ कुरा होइन । यही सन्दर्भमा आयोग विघटनको खबरबाट एउटा शक्ति अत्तालिन्नु स्याल कराउनु र बाख्रा हराउनुको संयोगसँग नमिल्ला भन्न सकिंदैन । यति बुझ्दा बुझ्दै पनि प्रधानमन्त्रीले आयोग विघटन गर्न खुट्टा कमाउनु रहस्यमय भएको छ । नयाँ गर्ने नारा दिने, पुरानोप्रति नै लालायित हुने र कपडा फेर्दा पनि सार्वजनिक प्रतिक्रिया लिने प्रवृत्तिले जुत्ता अनुसारको खुट्टालाई निरन्तरता पो दिन्छ कि प्रधानमन्त्रीज्यू ?
(लेखक पत्रकार महासंघ, धादिङ शाखाका सविच हुन्)
Read More...

सानोभाइ डाक्टर बन्दैछ

2 comments
स्कूल पढ्दा सानो भाइ कक्षामा कहिल्यै द्वितीय भएन । अन्य अतिरिक्त क्रियाकलापमा त ऊ झन सफल नहुने कुरै थिएन । उसको तिक्ष्ण क्षमताको प्रशंसा नगर्ने कोही हुँदैनथ्यो । बिहानले दिउँसोको संकेत गर्छ भनेझैं उसको सफल भविष्यको बारेमा कसैले शंकासम्म पनि गर्दैनथे । हँसिलो मुहार, मझौलो कदको सानो शरीर, गंभीर र सरल स्वभाव, मीठो बोली उसँग एक पटकको कुराकानीमा नै नजिकिन्थे मानिसहरु ।

गानुगोला बिग्रिएर अल्सर भएको सिथिल शरीर बोकेर पनि १६/१७ घण्टासम्म लगातार काममा खटिइरहनु डाँडाघरे कान्छीको दिनचर्या नै थियो । आफ्नो सेरोफेरो भरी नै काम गर्नमा एक नम्बरमा गनिन्थिन उनी । आफू ५ बर्षनपुग्दै बुवाको मृत्यू, आमाको लाहुरेनी डुलुवा चरित्र । घरकी जेठी छोरी भएकीले पनि चारचार जना नाबालक भाइबहिनीहरुको बोझ, दुःख-कष्ट, अभाव-तनाव र बेफर्ुसदीले हर्ुकाएको कान्छीको मरन्च्याँसे शरीर । १० बर्षै कलिलो उमेरमा आफूभन्दा २० बर्षजेठो प्रौढसँग विवाह भएपछि त कान्छीको वैवाहिक जीवनको आकाशमा पनि कालो बादल मडारियो ।
भनेजति काम गर्न नसक्दा नकच्चरी आमाजुले दिएका यातनाका डामहरु अझै पनि मेटिएका छैनन् शरीरबाट । आमाजु पोइला नगइन्जेलको निरंकुश शासन त सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ कान्छीको । अझै पनि उकालोमा गरुङ्गो भारी तान्न नसकेर कर्राईरहेको थोत्रो ट्रक जस्तै कान्छी काममा निरन्तर घोटिइरहन्छिन् । काममा नै मरिनमेटेर पनि के गर्ने - समाजले नै आशा गरेको छोरो थियो उनीसँग ।
साहुको ऋण तिर्न नसकेर भारतको गल्लीमा दरबान र कुल्ली बनिरहेको लोग्नेलाई त्यहीं हातमुख जोर्न समस्या छ । बल्ल बल्ल ऋण खोजेर कक्षा आठसम्म पढाएको जेठो छोरोलाई जग्गा बन्दकी राखेर मलेसिया पठाएपछि त कान्छीले कति उज्यालो सपनाको घाम चम्किने आशा सञ्चार गरेकी थिइन हृदयभरी ! चट्याङ त त्यतिबेला पर्‍यो कान्छीको सपनाको उज्यालो आकाशमा, जतिबेला मलेसियाको जंगलमा दाउरा चिर्दाचिर्दै बिषालु र्सपले टोकेर मृत्यूवरण गरेको आफ्नो प्यारो छोराको लास बोरामा बेरिएर आयो । टेक्ने ठाउँ भासिएपछि एक हातले हाँगामा झुण्डिएर जिर्ण्र्ाारीरमा धिप धिप बल्दै गरेको घाइते जीवन धानिरहेको प्राणीलाई हाँगा नै भाँचिएपछि, आगोले पोलेर पिल्सिएको शरीरमा नुन चुक परेपछि ! त्यतिधेरै त डाँडाघरे कान्छीले रोएको कहिल्यै कसैले पनि देखेका थिएनन् होला । मान्छेले त्यति धेरै रुनर्ुपर्छ र त्यतिधेरै चोट खप्नर्ुपर्छ र - एउटा भयाक्रान्त र त्रासदीपर्ूण्ा रोदनले सायद मानव सभ्यतालाई उपहास गरिरहेझैं भान हुन्थ्यो । हात खुट्टा काटेर फ्याँकिएको एउटा जिउँदो शरीरलाई चारैतिरबाट बिषालु र घातक जिवाणुहरुले डसिरहँदाको प्रतिरोधविहिन त्यो चित्कारमय क्षणमा कान्छीले भगवानलाई यति धेरै धिक्कारिन, गाली गरिन, थुकिन, चिच्याइन कि एउटा कठोर दर्शन ढुंगाले पनि बोल्नु पर्ने र सुन्नुपर्ने । अब त कान्छीलाई पनि विश्वास मर्यो कि यो दुनियाँमा पनि भगवान छ -
Read More...

सदरमुकाममा अराजकता कहिलेसम्म ?

Leave a Comment
लामो समयदेखि सदरमुकाम धादिङबेसीमा देखिंदै आएको अराजकता यो साता उत्कर्षा पुग्न खोज्यो । सदरमुकाम धादिङबेसीमा स्थानीय अराजक भीड मात्र देखिएनन्, काठमाडौंदेखि भित्र्याइएका पेशेवर गुण्डाहरुसम्म देखिए, जसको परिणाम स्थानीयबासीदेखि आगन्तुकहरुसम्मले आतंक र सास्तीमा समय बिताउनुपर्यो । हात हातमा पेस्तोलदेखि तरबार, खुँडा र खुकुरी बोकेका अराजक भीडले घरमा पालेर राखेको कुकुरसम्म गिंड्दै हिंडे ।
अराजक भीडले प्रहरीलाई समेत हतियार तर्ेसाउँदै थर्काउने प्रयत्न गर्यो तर प्रहरीले माखा मार्न पनि सकेन । लाचार बनेर हेरिरहृयो । हतियार बोकेका गुण्डागर्दीमा संलग्न युवाहरुलाई प्रहरीले पक्राउ गर्न चाहेन वा सकेन झनै स्कर्टिङ गरेर उनीहरुको बासस्थानसम्म सुरक्षित ल्याउन समेत प्रशासन चुकेन । राजनीतिक दलहरु गुण्डागर्दीको आडमा विचारको राजनीति गरिरहेको बोल्न पनि चुकेनन् । जिल्ला प्रशासन कार्यालयमा पुगेर सबै दल र नागरिक समाजको अगाडि खुकुरी बोकेर राजनीति गर्न पाउनुपर्ने माग राख्न पनि चुकेनन् केही राजनीतिक दल र केही तथाकथित राजनेताहरु ।
यही नेतृत्वको छत्रछायामा र यही अराजकताको तुँवालोको बीचमा कुहिरोका काग भएर नयाँ नेपालको सपना नेपाली जनताले कहिलेसम्म देखिरहनुपर्ने हो - यो गम्भीर प्रश्न यतिबेला धादिङबासीको सामू खडा भएको छ । भनिन्छ, अन्याय सहनु पनि अन्याय गर्नु जस्तै हो । यतिबेला यही अराजकताको बीचमा निदाएको बहाना गर्नु वा आफ्नो विरुद्धमा चुलिंदै गएको अन्यायको पहाड ढाल्न नखोज्नु भनेको पनि एक किसिमको निरिहपन वा जिउँदो लास बन्नु सरह हो । जुनसुकै र जस्तोसुकै रुप र रंगमा देखा पर्ने अराकता, अन्याय र अत्याचारको विरुद्धमा उभिनु सभ्य समाज र सचेत नागरिकको कर्तव्य हो । नयाँ नेपाल भनेको अन्याय र अत्याचारको विरुद्धमा उभिने सासह नगर्नेहरुले कहिल्यै निर्माण गर्न सक्दैनन् । राजनीतिमा अपराध र अपराधमा राजनीति मिसाएर नयाँ नेपालको सपना बाँड्नेहरुसँग सचेत हुन आवश्यक छ । आउनुहोस्, विचारको राजनीति गर्नेलाई प्रात्साहन गरौं । आपराधिक प्रवृतिको भण्डाफोर गरौं ।
Read More...

नयाँ अवस्थामा गैसस

2 comments
नयाँ नेपालको सपना हामी कसैको दिमागबाट टाढा घटेको छैन । उदारवादको हावाले खडेरीमा ओइलाएको बालीजस्तै नेपालको अर्थतन्त्र ओइलाएको छ । राज्यको आमूल पुनस्रंरचनासहित चौतर्फी निर्माणका सम्पूर्ण अभिभारा सरकार एक्लैले पूरा गर्न सक्दैन । नागरिक समाज र गैरसरकारी संस्थाहरुलाई यो सन्दर्भमा कुनै पनि हालतमा बिस्रन मिल्दैन । नागरिक समाजको अद्वितिय भूमिका त छँदै छ । तर यतिखेर भने हाम्रो सन्दर्भमा गैससको भूमिका महत्व र चुनौतीबारे छलफल गर्ने प्रयत्न गरिएको छ ।
०४६ सालको जनआन्दोलनपछि फस्टाएको र ०६२÷०६३ को अपि्रल क्रान्तिपछि त बाढीझैं फैलिएको गैससलाई युएनडिपीको प्रतिवेदनको शब्दमा त च्याउझैं उमि्रएको भन्न सकिन्छ । खुलापनको विकास भएको सन्दर्भमा पूँजि र व्यवस्थापनको अभावलाई पूरा गराउन स्थानीय स्तरसम्म फैलिएको गैरसरकारी संयन्त्र कतिपय सन्दर्भमा त सरकारी संयन्त्र पुग्न नसकेको ठाउँमा पनि पुगेको छ । यद्यपि उद्देश्य र भूमिकामा यथेष्ट अन्तरविरोधका कारण गैसस आरोपरहित भने छैन ।
प्रस्ताव र प्रतिवेदनमा िसंगारिएको रुपभित्रको अन्तरवस्तु र त्यसप्रतिको जनविश्वासमा पुर्नै नसकिने खाडल गैससको वर्तमान संगीन चुनौती हो । यसर्थ पनि तथ्यांकमा बार्षिक ठूलो धनराशि खर्च गर्ने गैससप्रतिको जनविश्वासमा संकट छ । अझ कतिपय संस्थाहरुलाई त डलरमुखी भएको आरोपको आक्रमणको शिकार हुनुपरेको छ । छोपिएको वा लुकाइएको वस्तुप्रतिको रहस्य र शंका स्वभाविक हुन्छ । अपारदर्शी धरातलबाट राजनीतिप्रतिको धारे हातको अर्थ खोज्न भने हाम्रो सन्दर्भमा कर लागेको छ ।
राजनीतिलाई फोहर खेल भनेर बलै प्रचार गरिएको छ । तर राजनीति आफैंमा फोहोर हुँदैन । फोहोर खेलाडीका कारण राजनीति फोहोर हुन्छ । चरित्रलाई जनपक्षीय र जनताको मुक्तिको अभियानमा जोडिने बनाउनै पर्छ र दलगत स्वार्थ र संकिर्णताबाट मुक्त गराउनै पर्छ । फेरि पनि जनतालाई राजनीति नगर राजनीति फोहोरी खेल हो नेताहरु ठिक छैनन् सबै उस्तै हो भन्दै राजनीतितिर नेतृत्वप्रति अनास्था प्रकट गराउँदै िहंड्ने अधिकार कसैलाई छैन । यहाँनेर राजनीति नगर भनेर राजनीति गर्नेहरुको अन्तरवस्तु सबैभन्दा डरलाग्दो हुन्छ ।
हामीलाई थाहा छ विहारमा मान्छे भोकै मरिरहेका छन् भारतीय राजदूतावासले संवेदनशील स्थानहरुमा विद्यालयको लागि भनेर करोडौं लगानी गर्छ । एसिएन विकास बैंक र अन्य दाताहरुको उद्देश्यअनुरुप आजको जनताको चेतनास्तरलाई भ्रम छरेर राज्य गर्न सक्ने त अवश्य नै छैन । तर उनीहरुले हामी नेपालीहरुको माया लागेर नै हामीलाई सहयोग गरिरहेका छन् त दाताहरुको स्वार्थलाई बेवास्ता गरेर उनीहरुको सहयोगलाई सपाटरुपमा बुझ्न सिकंदैन । यहाँ झाडापखाला कुपोषणजस्ता रोग लागेर मर्ने हजारौं÷लाखौं बच्चाहरुमा कसैको ध्यान जाँदैन । इतिहासको विशिष्ट अवस्थामा भएको जनक्रान्तिमा लागेको योद्धाहरुलाई पुनः संघर्षमा नलाग्ने कसम खान लगाएर सहयोग गरिन्छ । अनि यति बालबालिकाहरुलाई निशस्त्रीकरण गरियो भनेर भनेर डलर पचाइन्छ । तिनै संस्थाका प्रतिनिधीहरु राजनीतिलाई सबैभन्दा बढी आक्रमण गर्दछन् ।
निदाएको सरकारी र राजनीतिक संयन्त्रलाई झझल्काउने ब्युँझाउने र जागृत गराउने काम गैससको कार्यक्षेत्रमा पर्न सक्छ । तर राजनीतिक शक्तिको विकल्पमा उनीहरु कहिल्यै हुन सक्दैनन् । भानुभक्तले संस्कृतबाट नेपालीमा रामायण उल्था गरिरहँदा युरोपमा माक्स्रको घोषणापत्रले क्रान्तिको नेतृत्व गरिरहेको थियो । यो सन्दर्भमा नयाँ नेपालका नाराहरु स्थापित गर्न र समावेशीकरणको भाषणलाई कार्यान्वायन गर्न गैससले खेलेको भूमिकालाई कसैले न्युनिकरण गर्न मिल्दैन र सक्दैन पनि । भूमिकाको जगमा उभिएर अहिले गैरसरकारी र सरकारी क्षेत्रबीच प्रतिस्पर्धा र तानातानको अवस्था पनि पाउन सकिन्छ । एकले अर्कोलाई स्थापित गर्ने भन्दा पनि विस्थापित गर्दै एकले अर्कोको विकल्प बन्न खोज्ने अति अहिलेको गंभीर समस्या बनेर जन्मिएको छ ।
गैससले जिल्लामा गरेका काम र उपलब्धिहरुको अद्यावधिक लथ्याङ्क जिविससँग छ कि छैन स्थानीय शासन ऐन २०५५ ले स्थानीय निकायलाई गैरसरकारी संस्थासँग समन्वय गराउने स्थानीयस्तरको विकासमा पनि प्रोत्साहित गर्ने विकास निर्माणको काम गर्न स्रोत उपलब्ध गराउने लगानी र कार्यक्रममा दोहोरोपन हटाउने गैससले गर्ने कामको पूर्णविवरण स्थानीय निकायमा पेस गर्नुपर्ने कार्यक्रम साचालनका लागि स्थानीय निकायसँग सम्झौता गर्नुपर्ने गरेर गैसस र स्थानीय निकायबीच सम्बन्ध सुनिश्चित गरिदिएको छ । तर यो सम्बन्ध सजिव र पारदर्शी नभएकोमा जनताको प्रशस्त गुनासो छ ।
त्यसरी नै राजनीतिक दलहरु र गैससबीचको सम्बन्धको महत्व संक्रमणकालमा स्पष्ट हुन अझै बढी आवश्यक हुन्छ सामान्य कालमा भन्दा । स्थानीय निकायमा राजनीतिक पहुँचमा आधारमा श्रोत र साधनहरुमा असमान वितरण र आर्थिक परिचालनको अपारदर्शिताले गर्दा परिणाम जहिले पनि शंकास्पद हुन्छन् । अधिकार र कर्तव्यका पाङ्ग्राहरुलाई छुट्याएर समाजको रथ गुडाउने प्रहसन स्वभाविकै हास्यास्पद हुन्छ । त्यसरी नै लगानी दाताहरुको जागिर खानुको नाताले नुनको सोझोको साँघुरो घेराबाट बाहिर निस्किएर जनआकांक्षा र सामाजिक हितको फराकिलो आकाश नियाल्न हामी कसैले चुक्नुहुँदैन ।
Read More...

सदरमुकाम व्यवस्थित गरौं

Leave a Comment

सदरमुकाम भनेको जिल्लाको मुटु हो । मुटु नै अस्वस्थ भएपछि शरीरको हालत कस्तो होला ? सदरमुकामबाट सिंगो जिल्लाले सिक्न खोज्छ । जब सदरमुकाम नै अव्यवस्थित छ भने सिंगो जिल्लाले के सिक्ने ? यतिबेला सिंगो धादिङबासीले यही प्रश्न सोधिरहेको छन् । किनभने धादिङको सदरमुकाम धादिङबेसी सहरीकरण हुने प्रक्रियामा तिव्रतापूर्वक अघि बढिरहेको सन्दर्भमा सम्बन्धित निकाय र सरोकारवालाहरुले यसलाई व्यवस्थित गर्न नसक्दा धादिङबेसी विकास सागै चुनौतीका पहाडहरु बोकेर हुर्किरहेको महसुस गर्न सकिन्छ ।
सदरमुकामको बीचबजारमा गएर उभिंदा त्यहाा फुटपाथको पसलहरु र अनियन्त्रित रुपमा रोकिएका यातायातका साधनहरु र तिनीहरुले फ्याक्ने भद्दा आवाजले चुनौती दिइरहेको हुन्छ मानव सभ्यतालाई । वरिपरिका भवनहरुभित्रका कार्यालयमा काम गरिरहेका कर्मचारी वा स्थानीयलाई समेत सवारी साधनबाट निस्कने हिन्दीफिल्मका संगीतयुक्त हर्नले चैनसाग काम गर्न र बााच्न दिंदैन । बसपार्क टुहुरो बनिरहेको छ । बसपार्क नांगै छ । यता सडकहरु सवारी साधनहरुले भरिएका छन् । सडक सडकमा निर्माण सामग्रीहरु थुपारिएका छन् अव्यवस्थित रुपमा । फोहोरको व्यवस्थापन पनि राम्रो हुन सकिरहेको छैन । थोपल र नेत्रावतीहरु कुनै दिन बाग्मती नहोला भन्न सकिंदैन यसरी नि अघि बढियो भने । अव्यवस्थित रुपमा होडिङ बोर्ड र पोष्टरहरुले कुरुप बनेको सदरमुकाम हेर्दा लाग्छ, कहिलेसम्म हो यस्तो ? के सिक्ने सदरमुकामबाट ? कस्तो सन्देश दिने हामीले हाम्रा पाहुनाहरुलाई ?
सदरमुकाम आफैं अव्यवस्थित हुने होइन । यहाा बस्ने मानिसहरुले हो । यहााको संरचनाले हो । यसको जिम्मा हामी सबैले लिन आवश्यक छ । सभ्यता र विकासका गफ चुट्ने हामीहरुको अंश अंश क्रियाकलापहरुले नै समग्रमा सदरमुकाम यस्तो बनेको हो । यहाा राजनीतिक दलहरुको बैठक बस्छ, सर्वपक्षीय भेलाहरु भैरहन्छन् । निर्णयहरु नयाा लिइरहिन्छ । प्रतिबद्धताका पहाडहरुबाट सदरमुकाम नियाल्न कठिन भइसक्यो । एनजिओ र आइएनजिओहरुले कति डलरको खेती गरिसके हामीलाई देखाएर, त्यो पनि हामीलाई थाहा छैन । तर बोल्न जान्ने काम गर्न नजान्ने हामीहरु कार्यालयका कोठा वा हलहरुमा चियाका चुस्कीहरुसाग नयाा निर्णय लिनुमा नै आनन्द लिइरहन्छौं न कि क्रियान्वायनमा । बरु सडकमा ओर्लिर काम गर्दै निर्णय लिंदै गर्दा केही परिवर्तन हुन्थ्यो कि ?
निर्णयदेखि निर्णयसम्मको निरन्तरताले कुनै परिणाम दिनेवाला छैन । निर्णयदेखि क्रियान्वयनले मात्र एउटा रिंगटालाग्दो गफबाट क्रियान्वयनको प्रक्रियामा क्रमभंग हुनसक्छ । तसर्थ, आजैदेखि आफ्ना व्यवहार सच्चाउन सबै लागिपर्ने कि ? आफ्नो अधिकारका कुरा गरिरहने भन्दा पनि कर्तव्यलाई पनि व्यवहारमा उतार्ने कि ?
Read More...

महान सहिद विजय ढकाल क. विश्वास लाल सलाम !

Leave a Comment
Read More...

प्रमको लिट्टे बनाउने घृणित अभिव्यक्ति

Leave a Comment


- सम्पादकीय जनमुक्तिमार्ग साप्ताहिक
जनताले मतद्वारा बहिस्कार गर्दागर्दै पनि विदेशी प्रभुको गोटीको रुपमा राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्तिको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका माधव कुमार नेपालको नैतिक धरातलको कुरा गर्नु कति आवश्यक र उपयुक्त हुन्छ ? यो बहसको बिषय हुनसक्छ । तर उनले आम सार्वभौम नेपाली जनताको विरद्धमा दिएको अभिव्यक्तिहरु पनि घृणित र नैतिक धरातलबाट निकै खस्किएको पाइन्छ । भारतीय प्रधानमन्त्रीले आफूलाई समस्या समाधान गर्न नसके फोन गर्नु भनेकोदेखि लिएर जनतालाई कत्लेआम गरेर सिध्याउाछु भन्नेजस्ता उनको अभिव्यक्ति निश्चय पनि उनको विचलन र राष्ट्रघात, जनघातको पराकाष्ठा हो ।
श्रीलंकामा जातियतामा नारामा लिट्टेले लामो समयदेखि साम्प्रदायिक लडाईं लडेको थियो । ६० हजार जनताको कत्लेआम गरेको त्यहााको सरकारले लिट्टको विद्रोहलाई दवायो । यहाा, आफूलाई कम्युनिष्ट भन्न रुचाउने प्रधानमन्त्रीले वर्गीय मुक्तिको लागि जनयुद्ध लडेर मुलुककै ठूलो जनअनुमोदित भएको दललाई लिट्टे बनाउने धम्की दिनु कति घटिया विचार हो त ? आफ्नै हैसियतमा सिंगो देशले प्रश्न चिहृन खडा गरिरहेको बेला अर्काको मुलुककै सबैभन्दा ठूलो र आफ्नो छुट्टै सेना भएको दललाई चुनौती दिने हैसियत कहााबाट आयो ?
पक्कै पनि यिनले यी कुराहरु आफ्नै बुद्धिले मात्रै गरेका होइनन् । यो महान नेपाली जनताको युगान्तकारी आन्दोलनलाई दमन गर्ने विस्तारवादी, साम्राज्यवादी मालिकहरुको आदेश र इच्छा बमोजिम आएको हैन भनेर कसरी भन्ने ? यदि नेपाललाई सधैं गिद्धे दृष्टिले हेर्ने विदेशी शासकहरुको इच्छा र स्वार्थानुसार नेपाली जनताको आम नरसंहार गरेर टिकिरहने दुस्वप्न यदि कठपुतली सरकारका प्रधानमन्त्रीले देखिरहेका छन् भने उनले यसको उचित जवाफ अवश्य नेपाली जनताबाट पाउने नै छन् ।
जनता बलिदानी पूर्ण आन्दोलन र संघर्ष गरेर युगान्तकारी परिवर्तनको सामू जब उभिन्छन्, ठीक त्यतिनै बेला जनघाती, राष्ट्रघातीहरु कहिले कम्युनिष्टको कभरमा कहिले प्रजातन्त्रवादीको कलेवरमा आएर जनताकै घााटी निमोठ्ने इतिहास नेपालको लागि नौलो होइन । पिछडिएका वर्ग, जाति, क्षेत्र र लिंगको मुक्तिको लागि भएको जनयुद्ध र जनआन्दोलनको उपलब्धि भनेको संविधानसभा हो । तर यसलाई नै भंग गरेर वा जनपक्षीय शक्तिलाई कत्लेआम गरेर नजिकै उदाउन लागेको जनताको मुक्तिको बिहानी जनताकै लासको पहाडले छेक्नखोज्ने हरेक धृष्टताको विरद्धमा एकजुट र एकमन भएर उभिनुको विकल्प यतिबेला कसैसाग छैन । प्रधानमन्त्रीको राष्ट्रघाती बोली र गतिविधिको भण्डाफोर गदर्ैै राष्ट्रियताको रक्षा गरौं ।
Read More...

कसरी सम्झने चेलाई ?

2 comments

कायरहरुले षड्यन्त्रपूर्वक उनलाई कब्जा गरे, नृशंसपूर्वक हत्या गरिरहादा गोलीहरुले चाल्नो बनाएको शरीरलाई पटक पटक उठाउादै क्रान्तिकारीको मृत्यू हेर्न दुश्मनहरुलाई चुनौती दिने एक अद्वितीय कम्युनिष्ट योद्धा, जसको हत्यापछि एक दिन सार्वजनिक ठाउंमा प्रदर्शनमा राखियो । त्यसपछि बेपत्ता पारिएको उनको लास २८ बर्षपछि चिहान खन्दा कंकाल देखियो ।
त्यसो त, हत्याको बर्षहरु जति जति बढिरहेका छन् मृत्यू पछि झन झन आश्चर्यजनक रुपमा लोकपि्रय बन्दै गइरहेका ती महान पात्र हुन् गुरिल्ला युद्धका पिता तथा क्रान्तिकारी योद्धा चे । बच्चादेखि बृद्धसम्मका शीरदेखि पाउसम्मको पहिरनहरुदेखि पोष्टकार्ड, पुस्तक, डकुमेन्ट्री आदिमा जताततै छाएका चेलाई भेट्ने तिर्खा मेट्न अनगिन्तिरुपमा बनेका चेका वेभसाइटहरुमा लाखौंले विचरण गर्दछन् । चेको दर्शनले विश्वका करोडौं युवाहरुलाई विद्रोही बनाउने बताउाछन् जानकारहरु ।
अर्नेवटो ग्वेभारा डेला सेर्नाका रुपमा १४ जुन १९२८ मा अर्जेन्टिनाको दोस्रो ठूलो शहर रोजारियोमा जन्मिएका चेले शुरुमा मेडिकल डाक्टरको अध्ययन पूरा गरेका थिए । बाल्यकालमा आˆना पिताको पुस्तकालयमा अत्याधिक अध्ययन गरेका उनी 'किताबी किरो' को रुपमा समेत चिनिन्थे । जीवनको पूर्वाद्धमा इतिहास र समाजशास्त्रको गहिरो अध्ययन गरेका उनी चिलीका क्रान्तिकारी कवि पाAmलो नेरुदाबाट प्रभावित थिए ।
अर्जेन्टिनामा जन्मिएर ग्वाटेमालामा साम्राज्यवादविरुद्ध मोर्चा कस्ने, क्यूवामा छापामार युद्ध चलाएर सत्ता प्राप्तिपछि नेशनल बैंकको निर्देशक एवं मन्त्री बनेपछि पनि विश्वक्रान्तिको सपना देख्दै बोलिभियामा लड्न पुग्ने एक अद्वितीय क्रान्तिकारी योद्धा चे भन्थे- " म पराजित भएर घर जाने छैन । पराजय भन्दा बरु मृत्यू नै मलाई स्वीकार्य छ ।" उपदेश दिनेहरु त जति पनि भेट्टन्िछन् यो दुनियाामा तर बोलेको कुरा व्यवहारमा उतार्ने कमै पाइन्छन् । तर चे मात्र एउटा यस्ता उच्च मनोबल बोकेका योद्धा थिए जसले विश्वसर्वहारा वर्गको मुक्तिका लागि विश्व क्रान्तिको सपना देखे र कसम अनुसारको ओझिलो जीवन दिएर चुनौती बने ती अर्तिबाजहरुका लागि जो बोल्न मात्र सक्छन् । केही बर्ष राजनीति गरेर अभिजात वर्गमा उत्थान हुने हाम्रा संसदीय राजनेताहरुका लागि ३९ बर्षको छोटो जीवनको कालखण्डमा अविश्राम रुपमा मजदूरदेखि डाक्टर, गुरिल्ला युद्धका गडफादर, मन्त्री र फेरि गुरिल्ला बन्ने चेले आˆनो जीवनमा सचेततापूर्वक बहुसंख्यक उत्पीडित वर्गको पक्षमा निम्त्याएका सास्तीहरु देखेर लाजै लाग्नुपर्ने हो ।
'असल क्रान्तिकारीको रुपमा हुर्क, सम्झी राख महत्वपूर्ण कुरा भनेको क्रान्ति हो । एक्लोरुपमा हाम्रो कुनै अर्थ छैन । संसारका कुनै पनि भागमा जुनसुकै व्यक्तिमाथि भएको अन्याय किन नहोस् त्यसले तिनीहरुलाई पनि घोचोस् । यो नै क्रान्तिकारीहरुमा भएको सुन्दर गुण हो ।' उनको यो सुन्दर कथनी भन्दा पनि अझ सुन्दर थियो उनको जीवन । विचारको लडाईंमा भूगोलको सिमाना हुादैन भन्ने माक्र्सवादी मान्यतालाई जीवन व्यवहारमा दृढतापूर्वक लागू गर्ने चे विशुद्ध वर्गीय हितमा जीवन पर्यन्त अविश्राम लडिरहे । बोलिभियामा १९६७ अक्टोबार ९मा साम्राज्यवादी दलालहरुले आक्रमणमा उनी वीरतापूर्वक लड्दा लड्दै मारिए । जति जति विश्वमा राजनीतिको नाममा सााघुरा स्वार्थहरु मौलाइरहेका छन् त्यति त्यति पवित्र भावभूमिमा महान र त्यागी बिम्ब बनेका चे सधैंभरी विद्रोहका प्रतिकका रुपमा बााचिरहनेछन् । उद्योगमन्त्री हुादा समेत श्रम गरेर श्रमप्रतिको आस्था देखाउने चेकोे संघर्षलाई अद्भूत पे्रम गर्ने कला र साधना अलग्गै पहिचान मान्न सकिन्छ ।
'मृत्यू भएको तीस बर्षपछि झन्-झन् बढ्दै गइरहेको आˆनो लोकपि्रयता देखेर चे ग्वेभारा आफैं आश्चर्यचकित हुनेछन् ।' चर्चित पत्रिका न्यजवीकका पत्रकार बु्रक लार्मरले दश बर्षअघि भनेका यी अनुमानहरुलाई पछि पारेर चेको लोकपि्रयता सगरमाथा चढिरहेको छ । अक्टोबर ८, जुन चेलाई सम्झने र जीवन व्यवहारमा चेलाई खोज्ने करोडौं उनका अनुयायीहरु र ˆयानहरुको लागि पवित्र चाड हो र क्रान्तिकारीहरुको षड्यन्त्रमूलक हत्यामा आˆनो जीवन देख्ने साम्राज्यवादी डााकाहरुका लागि आतंकको दिन । अग्रगमनमा जान र शासकहरुको विरुद्धमा चुा सम्म पनि गर्न नसक्ने प्रतिक्रियावादी र संशोधनवादी दलालहरुको विरुद्धमा सशक्त आन्दोलनको आाधीबेहरी खडा गर्न सम्पूर्ण क्रान्तिकारीहरुले एक पटक आˆनै जीवनमा चेलाई खोज्ने कि ?
Read More...

एउटा परिकल्पना : महिला हिंसारहित समाजको

1 comment
- सुदर्शन खतिवडा
'बाख्रीको भन्दा खसीको मासु किन महंगो भएको त ?
'जति नारी अधिकारको कुरा गरे पनि भालेले पोथीलाई नै लखेटीरहेको हुन्छ ?
सामान्य चेतनास्तर भएका मानिसहरुले मात्र होइन, आफूलाई तथाकथित विद्धान भन्न रुचाउनेहरुले समेत माथिका अभिव्यक्तिहरु चौतारा र चियापसलहरुमा दोहोर्‍याइरहेका पाइन्छन् । प्राकृतिक रुपमा पनि महिलाहरु पुरुषभन्दा असक्षम र पछाडि पारिएका हुन्छन् जस्ता तर्कहरु अगाडि सारेर आफूलाई शासक भएको घोषणा गर्न पाउँदा कतिपय स्वनामधन्य अग्रजहरुले गर्व गरिरहेका हुन्छन् । पुरुषहरुले निर्माण गरेको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक सत्ताहरुको सिंहासनबाट जबरजस्त पछारिएका महिलाहरुप्रति गरिने यी व्यवहारहरुको समूल अन्त्य कसरी होला ? यतिबेला महिला मुक्ति आन्दोलन अगाडिका चुनौतीहरु हुन् यी । संसदीय राजनीतिक दलका कतिपय नेतृत्वहरु पनि अझै वैतरणी तरेर र्स्वर्ग जान छोरा कुर्न लाममा बसिरहेका छन् । अरु त त्यस्तै भैहाले, पूरातन सामाजिक सत्ताको आमूल परिवर्तन वा वर्गीय मुक्तिसँगै लिगिय मुक्तिको सुनिश्चिता खोज्न छेडिएको दश बर्षो जनयुद्धमा होमिएका कतिपय पुरुषहरु समेत आफूले लगाएको कपडा र खाएको भाँडा श्रीमती वा छोरीहरुलाई मझाउन पाउँदा पुरुषत्व र आफ्नो उच्च नेतृत्वको बचाउ हुने गर्व गर्छन् व्यवहारिक रुपमा, अन्य सैद्धान्तिक प्रतिबद्धता र भाषणमा हुने प्रतिष्पर्धाको भने कुरा छाडिदिउँ ।
विश्वका विकसित देशहरुका लागि कुँडाकर्कट बनिसकेको राजतन्त्रलाई हामीले लामो संर्घष्ापछि बल्ल केन्द्रबाट परिधीतिर धकेल्न सकेका छौं । संघीय लोकतान्त्रिक मुलुकको नयाँ पहिरन पहिरिएको 'नयाँ नेपाल' को अन्तरवस्तुहरुमा अहिले पनि पूरानै उत्पीडनकारी दुर्गन्धहरु चुनौतीका पहाडहरु बनेर उभिइरहेको हामी सबैले अनुभूत गरिरहेकै छौं । राजनीतिक सत्ता परिवर्तन भएपनि सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक सत्ताले हामी माथि आदतको पूरानो शासन चलाइरहेको छ, जसको प्रतिफल अनन्य बलिदानीपछि पनि नीति निर्माणको तहमा आरक्षणको धागोमा सहानुभुतिको माला लगाउने हदभन्दा व्यवहारिक रुपमा अहिले पनि महिलाहरुलाई उठ्न दिइएको छैन कतिपय सवालमा । त्यसो त, राष्ट्रिय राजनीतिका महत्वपर्ूण्ा अंगहरुमा महिलाहरुको सहभागिता शिशु अवस्थामा नै रहेको हाम्रो जस्तो तेस्रो मुलुकको एउटा सशक्त प्रतिनिधि राष्ट्र नेपाल मात्रै होइन, अहिले विश्वको अतिसम्पन्न भनिने पहिलो विश्वका राष्ट्रहरुमा समेत उल्लेख्य महिलाहरुले स्वतन्त्रताको स्वाभिमानी श्वास फर्ेन पाइरहेका छैनन् । यद्यपि हामी समुद्रपारका मुलुकहरुको शिशमहलहरुमा कसरी २१औं शताब्दीमा पनि महिलाहरु पितृसत्तात्मक सत्ताको जाँतोमा पिल्सिइरहेका छन् र पर्ूण्ा मुक्तिसहित विजयको झण्डा उठाउन सकिरहेका छैनन् भन्ने प्रसंगलाई यही छाडेर यतिबेला भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रको न्यूनतम राजनीतिक र सामाजिक पर्ूवाधार निर्माणमा डटिरहेको नेपालमा महिलाहरुको समग्र अवस्थाबारे र्सार्थक छलफल गर्नु महत्वपर्ूण्ा हुनेछ । व्याख्या गर्ने साँघुरो आँगनमा रुमल्लिएर भन्दा पनि बदल्ने फराकिलो आकाशमा उडान भर्ने अभिष्ट यतिबेला हामी सबैले लिनुपरेको छ ....उडी छुनु चन्द्र एक भनेझैं ।
गरिबीको विषालु र्सपद्वारा पलपल डसिइरहेका विपन्न जनसमुदायका झुपडीभित्र दोहोरो उत्पीडनको गहु्रंगो र भद्दा सिक्रीमा बाँधिएका नेपाली नारीहरुको पीडासँग एकाकार नभई विकासे कार्यकर्ता र उनीहरुको बोक्रे रिपोर्टहरुमा अल्भिmएर हामीले नेपाली महिलाहरुको वास्तविकता किमार्थ बुझ्न सक्दैनौं । तेस्रो मुलुकका देशहरुमा गरिबीको रेखामुनि रहेका आम विपन्नहरुको तथ्यांकभित्र अटाएका महिलाहरु त अरुसँगै यसै पनि आधारभूत र मौलिक हक-अधिकार नपाएर कष्टसाध्य जीवन जिउन बाध्य छन् । साथमा, गरिबीको यातनागृहभित्र अझ अर्को भयंकर यातनागृह हुन्छ, जहाँ महिला हुनुको सजायँ पाएर यातनाप्रद र अत्यासलाग्दो घाउ सहँदै मृत्यूको मल्हम कर्ुर्नैपर्ने फलामे विवशतामा जीवन सजाइरहेका छन् । बर्म्बईका घोषित कोठीहरु मात्र होइन, यतिबेला मुख्य शहरहरुका हरेक गल्लीहरुमा अघोषित कोठीहरुमा आफ्ना उर्बरशील उमेरको समय र अस्मिता २/४ पैसासँग साट्न बाध्य महिलाहरुको लागि संघीय गणतन्त्र नेपालले पनि उनीहरुमाथि बषिर्इरहेको घातक तुषारो रोक्न सकिरहेको छैन । अझ सामन्तवादको विभेदकारी संयन्त्रबाट उम्किानासाथ तावाको माछा भुंग्रोमा भनेझैं झन पुँजीवादी बजारमा कृत्रिमतामा सजिदै र नांगिदै आफूलाई बिकाउ वस्तुको रुपमा उपभोक्ताहरु अगाडि प्रदर्शित गर्न पाउँदा गर्व गर्ने महिलाहरुको संख्या पनि हामीसँग उल्लेख्य नै छ । यतिबेला हामीले जनयुद्ध र आन्दोलनमा मारिने महिलाहरुको तथ्यांक भन्दा पनि सुत्केरी हुन नसकेर भयंकर यातनामा तड्पिंदै मर्न विवश हजारौं/नेपाली आमाहरुको तथ्यांक पछाडि अन्तरनिहित वास्तविकताहरु खोज्न आवश्यक छ । रोग, भोक र अभावको भयाक्रान्त चक्रव्यूहमा निरिह बनेर अत्यासलाग्दो चक्कर काट्दै कलेटी परेका नीला ओठहरुबाट जसोतसो मुक्तिका मधुर गीत गुन्गुनाइरहेका महिलाहरुको बीचमा नपुगी गोष्ठी, सत्ता र हरिया पत्ताहरुमा र्‍याल चुहाएर टालटुले सुधारको मन्द बिष र्छर्ने विकासे नारीवादको पछि लाग्ने कालिदास प्रवृत्तिको उपलब्धि भनेको हाँगो काटिएपछि पछारिनु नै हो ।
महिलाहरुलाई आरक्षणबाट विशेषाधिकारको उचाईसम्म पुर्‍याउनुको महत्व पनि उल्लेख्य रहेको छ । नीति निर्माणको तहसम्म महिलाहरुको सहभागितालाई सुनिश्चित गरेर असमानबीचको समान प्रतिष्पर्धाको पुँजीवादी खेलबाट सम्पर्ूण्ा महिलाहरुलाई जोगाउने एउटा भरपर्दो तरिका भनेको विशेषाधिकार नै हुनसक्छ । बाघ र बाख्राबीचको प्रतिष्पर्धा गराएर हार्ने बाख्रालाई अशक्त घोषणा गर्ने पाखण्डीहरुको जमातहरुलाई चुनौती दिन पनि समानहरुको बीचको समान प्रतिष्पर्धाको अवधारणा सैद्धान्तिक प्रतिबद्धता, कानुनी खोस्टाहरुमा भन्दा व्यवहारको कसीमा नै कार्यान्वयन गर्ने नयाँ समाजसहितको संसार निर्माण गरिनु आवश्यक छ । महिला हिंसामुक्त समाजको निर्माण गर्नु भनेको अर्को अर्थमा अधिकारसम्पन्न महिलाहरुसहितको एउटा स्वतन्त्र र समुन्नत समाज निर्माण गर्ने चुनौती हो । अभाव बढ्दै जाँदा हिंसा बढ्दै जान्छ, यो समिकरणमा प्रत्यक्ष सम्बन्ध हुन्छ जसमा एउटा बढ्दा अर्को पनि बढ्छ । हरेक सामाजिक सहभागिताका अवसरबाट बञ्चित गराइएका महिलाहरुलाई मनोगत रुपमा कमजोर रुपमा चित्रित गर्ने कायरहरुको कमी त्यतिबेला मात्र हुनेछ ।
कस्तो होला महिला अधिकार सम्पन्न भएको नयाँ समाज, जुन हिंसारहित हुन्छ - को महिला - पक्कै पनि कसै न कसैको आमा, दिदी, बहिनी, श्रीमती आदि आदि । अनि कसरी हुन्छन् अधिकार सम्पन्न - शिक्षा, स्वास्थ्य, रोजगारीमा समान अवसर दिएर, यसको लागि सदियौंदेखिको उत्पीडनको बदलामा केही समय विशेषाधिकार त दिनै पर्‍यो । जब आधारभूत रुपमा यी शर्तहरु पूरा गर्न सकिन्छन्, तब सामाजिक, सांस्कृतिक रुपमा उनीहरु आफैं सचेततापर्ूवक आफ्नो सहभागिता रोज्न र खोज्न सक्छन् । यी सबै कुराको आधारभूमिमा राजनीतिक सचेतता आवश्यक हुन्छ । अर्को भुल्नै नहुने कुरा पितृसत्तात्मक सोच र कार्यशैलीले ग्रस्त यो संरचनाले महिलाहरुलाई यी अधिकार दया, मायाले दिन्छ त - अवश्य दिंदैन । माग्दा नदिए पछि खोसेर लिनर्ुपर्छ । त्यसको लागि चाहि सही विचारसहितको संगठन । किनकी एकतामा नै अभेद्य शक्ति हुन्छ । महिलाहरुले जब वास्तविक विरोध र हड्तालको शुरुवात गर्नेछन्, त्यतिबेला झण्डै दुनियाँ नै ठप्प प्रायः हुनेछ । बितेको एक दशक यो दिशामा महत्वपर्ूण्ा रहृयो र त्यसअघिका केही दशकहरु त्यसको तयारीका रुपमा रहे ।
अहिले हामी सबै हाम्रो सर्न्दर्भमा अहिलेसम्मका सबै महिला मुक्ति आन्दोलनको एउटा उत्कर्षा बाँचिरहेका छौं । इतिहासको यो महत्वपर्ूण्ा घडीमा उत्पीडित वर्गको मुक्तिको अभियानमा महिला मुक्तिलाई पनि जोड्दै नयाँ संविधानमा सबै क्षेत्रमा जनसंख्याको अनुपातको उपस्थितिको र शरीर सम्पत्तिमाथिको अधिकार सुनिश्चितताको लागि ननिदाइकन, अझ आँखा नै नझिम्क्याई र्सतर्क र सचेत बनिरहन आवश्यक छ । संविधान बनेर मात्र हुँदैन, त्यसको क्रियान्वयन पक्ष कमजोर रहृयो भने त्यो निर्जिव कागजी खोस्टोभन्दा माथि उठ्न सक्दैन । त्यसैले सम्झाइदिउँ सबैलाई, कुनै असल महिलाको भूमिका बिना न मार्क्स मार्क्स बन्न सक्थे, न अरु कुनै महापुरुषहरु । न भविष्यको कर्ण्र्ाारहरुको लागि पहिलो पाठशाला वास्तविक पाठशाला बन्न सक्छ असल महिलाहरुको उपस्थिति बिना । आउनुहोस् लागौं, हामी सबै महिला हिंसा रहित समुन्नत संसारको निर्माणमा । किनकी यो नयाँ नेपाल निर्माणको महत्वपर्ूण्ा भाग हो ।
(सर्न्दर्भ अन्तराष्ट्रिय हिंसा विरुद्धको दिवस )
phuchche@gmail.com
Read More...

गजल

Leave a Comment
जनताका अश्रुधारा नेताहरुलाई शीत नहोस्
जुन प्रयोगमा देश हार्छ, त्यहीं त्रि्रो जीत नहोस्
हिजोजस्तै जनतासँग झूटो कसम नखानु है
भाषणहरु जनतालाई विरहको गीत नहोस्
जपना छ नबिर्सनु सहिदका सपना अझै
पीडाभित्र हाँस्नुपर्ने अझै त्यही रीत नहोस्
यथार्थमै बन्नर्ुपर्छ र्स्वर्गजस्तै नयाँ नेपाल
होस् गर ! पीडकहरुलाई कहीं कतै हीत नहोस्
जनताले हाँस्न बाँच्न, प्राप्तिको बसन्तमा
एक प्राण-एक ज्यान जनअभियान मृत नहोस्
हातमा हात काँधका काँध एकतामा बन्छ देश
देशको आवाज-जनको आवाज फेरि सस्तो प्रित नहोस्
२०६३-०८-६
Read More...

गजल

Leave a Comment
१.गजल
संसार फर्ेर्ने विचार भा'को पत्र मेरो खोली हेर
हृदयलाई विशाल बनाई आफैंसँग बोली हेर
कस्तो जीवन बाँच्ने भनी द्विविधामा पर्‍या छौ कि
स्वस्वार्थको संकिर्ण्र्ाा जनस्वार्थमा घोली हेर
एकबारको जीवन यो दास बनी के बाँच्ने र ?
बाँधिएको पशुसँग जीवन आफ्नो तौली हेर
के गुम्ला र गुमेदेखि दासताको जंजीर बाहेक
मुक्ति शान्तिसहित संसार जित्ने द्वार जित्ने द्वार खोली हेर
स्खलनको बैसमा हैन संर्घष्ाको महान ऐसमा
बलिदानको प्रकाशमा जीवनलाई मोली हेर
निराशामा जीवन पढी अँध्यारोमा बाँच्छौ कति
कालो रात पछि रातो दिन आउँछ भोलि हेर ।
-२०६२ साल संकटकालमा जनादेशमा प्रकाशित)
साहित्य
Read More...

आमासँग

Leave a Comment
-सर्ुदर्शन खतिवडा

त्रि्रो काखैमा रुँदा
म आमा नै खोजिरहेको हुन्थें
तिमी मसँगै हुन्थ्यौ
तर म भन्दा बढी रोग, भोक र शोकसँग हुन्थ्यौ
त्रि्रो सहानुभूतिमा म पीडा पढ्थें अभावका
त्रि्रो मायामा म व्यथा पढ्थें तनावका
म आमा भेट्न चाहन्थें-
अभाव र तनावको चक्रव्यूह बाहिर ।
अनायस छुट्टएिछु त्रि्रो काखबाट
आमा खोज्ने अभियानमा !
सायद तिमी पनि त खोज्दै छौ मलाई ।
हो, आमा !
भत्केका सडकमा- चिल्ला पजेरोले हिलो छ्याप्दा
चुलिएका महलमा- सभ्य भनाउँदाले उपहास गर्दा
कालाहरुले कान समाउँदा
गोराहरुले यान देखाउँदा
आमा !
तिमी कहाँ खोज्दैछौ मलाई ?
म त हारको विस्मात - जीतको सही सुत्र खोज्ने
बलिदानको रंगमञ्चमा - आफ्नो सच्चा पुत्र खोज्ने
जलजलाका डाँडाहरुमा - अभावका काँडाहरुमा
रातो गुराँस फुलाउन लागि परेका
महान साहसी आमाहरुको बीचमा छु ।

खाडीका चिहानमा - म डलरसँग रगत साट्दै छैन
याङ्कीका बथानमा - म शहरसँग स्वाभिमान साट्दै छैन
साँच्चै तिमी बकवासमा भन्दा शासकको
आवाजमा छोराको,
गर्र्छौ भने विश्वास
नखोजे हुन्छ मलाई
भ्रम, आशंका र अज्ञानको अन्धकारमा
क्षितिजको राता रश्मिहरुमा खोज
घरकै साँघुरो आँगनमा हैन
पीडितहरुको विशाल आत्माहरुमा खोज ।

हुन त आमा !
शोषण र दासताविरुद्धको यो युद्ध प्रलय
म विजयको रातो बिहान लिई नआइपुग्न पनि सक्छु
मलाई रातो बिहानले लिएर आउन पनि सक्छ ।
कि सुनौला बिहानहरुमा म
कि गर्विला चिहानहरुमा म
तिमीलाई भेट्ने कसम पूरा गर्न
म सबै आमाहरुको शक्ति बनेर आउने छु
नखोजे हुन्छ, क्षेप्यास्त्रले निम्त्याएको खरानीमा
महाविपत्तियुक्त सुनामीमा
म त बादशाहको र्स्वर्गमा घातक बज्र बनेर आउनेछु
२१ औं शताब्दीको महान जनमुक्तिको
घोषणा पत्र भएर आउनेछु ।

पाल्पा छपाक्दि
२०६१ फागुन
(प्रकाशित ः- परिवर्तन स्मृति साहित्यिक संगालो 'धमाका' को बर्ष१ अंक १ भाद्र-मार्ग २०६१ मा )
Read More...

माओ, नयाँ संविधान र कागको मासु

1 comment
- सुदर्शन खतिवडा
शान्ति प्रक्रियामा प्रवेश गर्दा माओवादी वृत्तमा बेस्करी छलफल हुन्थ्यो- 'फोहोर थुप्रिएको संसदलाई १३ हजार सहिदका बलिदानले प्राप्त पवित्र क्रान्तिको स्मारकको रुपमा फेर्ने प्रतिबद्धता हुन आवश्यक छ ।' 'खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलोलाई खसीकै मासु बेच्ने थलोको रुपमा विकास गर्न सके नै संविधानसभाको विरुद्धमा उभिएकाहरुलाई कागको मासु खुवाउन सकिन्छ ।' संविधानसभाको विरुद्धमा चुनौतीकौ रुपमा उभिएकाहरुलाई माओवादीहरुले नेपाली जनताको साथ लिएर कागको मासु खुवाइसकेको छ ।
तर यतिबेला सिंगो मुलुकको सामू आइपरेको सबै किसिमका चुनौतीहरुलाई समाधान गरेर अगाडि बढ्न नसके वा निरन्तर परीक्षामा पास हुन नसके माओवादी स्वयंले कागको मासु खानुपर्ने अवस्था नआउनला भन्न सकिन्न । साध्यको निरन्तरतामा साधनको प्रयोग कहिल्यै अनुचित हुन सक्दैन । तर माओवादीको सानो भन्दा सानो गल्ती वा असावधानीका कारण आँखामा अन्यायको आगो र गलामा राजतन्त्र विरोधी स्वरको जादू बोकेका जनताको सम्मानपूर्ण संवेगलाई जनविरोधीहरुले लत्याउन सक्छन् । सामन्तवादका बचेखुचेको अवशेषको नेतृत्व गर्ने नयाँ शक्तिले संसदीय अभ्यासमा आफूले गरेका सबै गल्तीहरुलाई माओवादीको थाप्लोमा पाप बोकाउँदै त्यो रोग र्सार्न चाहन्छन् । भनिन्छ, राजनीतिमा प्रतिशोध भन्दा न्यायको खेती गरिनुपर्छ । तर यतिबेला संविधानसभालाई गतिहीनतामा टुंग्याउन केही दलहरु हारको प्रतिशोध साँधिरहेका छन् । यी गतिविधिका वाहक शक्तिहरुलाई निभेको अगुल्टोझैं निरिह बनाउने चुनौती माओवादीको काँधमा छ यतिबेला ।
माओवादीको लागि जुन नदीको पानी खाइयो, त्यसको मुहान बिर्सनु हुँदैन भन्ने भनाई यतिबेला मननयोग्य होला । सशस्त्र जनयुद्धमा जीवन-मरणको लर्डाईं लड्ने बेलामा माओबाट सिक्ने कुरालाई महत्वपूर्ण मानिन्थ्यो । यतिबेला माओवादी नयाँ कार्यदिशाको लागि महान बहसको प्रक्रियामा छ । यो बहसमा माओवादी पक्षधरले मात्र होइन, माओवादको नाम समेत सुन्न नचाहने शक्तिहरु पनि कुनै न कुनै रुपमा सहभागी छन् । नयाँ विचार, कार्यदिशाको कुरा गर्दा संगठनलाई पनि भुल्न हुँदैन । किनकी नयाँ कार्यदिशाभित्र संगठनको प्रवृत्ति अन्तरनिहित हुन्छ । सम्झौताले जनसमुदायको अग्रगामी दिशा पक्डेन भने त्यो सम्झौतावाद हुन्छ । वाद-विवाद र विमर्शमा मात्र सीमित हुनु केन्द्रीकृत नेतृत्व र विचारको विरुद्धमा हुनु हो । यसको सार उत्तरआधुनिकतावाद-विनिर्माणवाद र विखण्डनवादमा पुग्नु हो- जसको सार संशोधन, निराशा र शून्यता हुन्छ । यो आदतको पूरानो सत्ता पनि हो । हामीलाई थाहा छ, संश्लेषण नगर्नु भनेको एकातिर यथास्थितिवादलाई स्वीकार गर्नु हो भने अर्कोतिर व्याख्या गर्नु-बदल्न नचाहनु पनि हो । समग्रमा कार्यदिशासम्बन्धी बहसको पूर्वसन्ध्यामा पहिले जस्तै फेरि एक पटक माओबाट सिक्ने नै हो भने हामीले टुक्रे उत्पादन सम्बन्ध र निम्न पूँजिवादी प्रवृत्ति विद्यमान राष्ट्रमा क्रान्ति गर्ने माओवादी तरिकाबारे फेरि एकपटक पुनर्ताजगी गर्न आवश्यक छ । माओले राजनीतिक रुपमा दक्षिणपन्थी संशोधनवाद, जडसुत्रीय संशोधनवाद र मध्यमार्गी अवसरवादजस्ता प्रवृत्तिसँग लड्न दिनुभएका जीवन्त शिक्षाहरुलाई अंगीकार नगरी माओवादी अहिले अगाडि बढ्न त सक्ला तर बधु बिनाको जन्तीजस्तै अवश्य पनि हुनेछ । माओले जोड दिनुभएको राष्ट्रिय आत्मसमर्पणवादविरुद्ध लड्ने तरिका पनि अर्को भुल्न नहुने तथ्य हो जुन सार्वभौम, स्वतन्त्र, स्वाभिमानी नयाँ नेपाल बनाउन आवश्यक मात्र होइन अत्यन्तै आवश्यक छ ।
सामन्तवाद र सामन्तवादी चिन्तन प्रवृत्तिसँग लड्ने शिक्षाको साथसाथै क्रान्तिपछिको राज्यको पुनर्संरचना पुनरावृत्ति नभई आफ्नै मौलिकतामा विकास हुने माओको भनाईलाई यतिबेला हामीले हाम्रो मौलिक सन्दर्भमा भुल्नै हुँदैन । माओवादको अर्को महत्वपूर्ण आयाम पार्टीभित्र र बाहिर क्रान्तिपछि पनि उत्पन्न हुने नयाँ शोषकवर्ग विरुद्धको संघर्ष नै हो जसलाई महान सर्वहारा सांस्कृतिक क्रान्ति भनेर माओका अनुयायीहरुले बुझ्ने गर्दछन् । अहिले सेना समायोजना र पुनर्स्थापनाको सवाल जोडतोडले उठिरहेको छ । यो प्रसंगमा माओले जोड दिनुभएको आम जनतालाई निरन्तर फौजीकरण र राजनीतिकरण गर्दै साम्राज्यवाद र सामन्तवादलाई सर्वहारावर्गको अग्रतामा परास्त गर्ने सवाललाई पनि आजको नयाँ सन्दर्भमा भुल्नु ठूलो भुल नै हुन्छ । माओले तत्कालीन सन्दर्भमा रुसी संशोधनवादको खुलेर विरोध एवं प्रतिरोध गर्नुभएको थियो । यतिबेला आफैंले संशोधनवादीको पगरी गुथाएको शक्तिसँग सहयात्रामा रहँदा माओलाई माओवादीले कसरी भुल्न सक्लान् र ? वर्ग समन्वयले नीजि सम्पत्ति र एकाधिकार उन्मुलनको कुरा मात्र पनि गर्दैन । वर्ग संघर्षलाई भुलेर वर्गसमन्वयको बाटो समातेको शक्तिसँगको गठबन्धनको सिरानी हालेर वर्ग रहेसम्म एउटा वर्गले अर्को वर्गमाथिको अधिनायकत्वको अन्त्य नहुने यथार्थताको सिरक ओड्नु पर्ने चुनौतीपूर्ण जाडो महिनामाथि माओवादी विजय कस्तो हुने हो - यतिबेला दुनियाँले अधैर्यतापूर्वक नियालिरहेका छन् । नयाँ कार्यदिशा निर्माणको महाअभियानमा जुटिरहँदा बिजातीय तत्वहरुको एकिकरण गर्ने वर्गसमन्वयको विज्ञानविरोधी भूत मन्छँदै माओवादीले यतिबेला विज्ञानहरुको एकिकरण भने अवश्य पनि गर्नुपर्नेछ । किनकी आधुनिक भौतिकशास्त्री स्टेफन हकिङ्गको ' एकिकृत भौतिकवादी सिद्धान्त' ले पनि विज्ञानहरुको केन्द्रीकरणलाई पुष्टि गरेको छ ।
लेनिनले एउटा प्रसंगमा संझौतालाई परिस्थितिको बाध्यताले क्रान्तिकारी पार्टीमाथि थोपर्ने 'उधारो हिसाब किताब' को संज्ञा दिएका थिए । सम्झौता सापेक्ष हुन्छ, शर्तबद्ध हुन्छ, संघर्ष निरपेक्ष र शर्तहीन हुन्छ । संघर्षबिनाको शान्ति सम्झौताको कल्पना गर्नु भनेको प्राणबिनाको मानिसको कल्पना गर्नु हो । यसर्थ, अहिले पनि आधारभूत र सिमान्तीकृत जनताको आवाज नसुनिने अवस्था सृजना भयो भने कागको मासु आफैंले खानुपर्ने अवस्था पनि आउन सक्छ । हामीले समाजको गतिलाई आफ्नो मनोगत चाहना अनुसार घुमाउन सक्दैनौं । सबै सम्झौताहरु गतिमा छन् । शान्ति सम्झौता पनि गतिमा नै छ । अदम्य शक्ति, प्रफुल्लता र कठोर संघर्षसहित ज्यँुदोजाग्दो सपना बोकेर मुक्तियुद्धको बलिबेदीमा होमिएका महान सहिदहरुको नयाँ नेपाल निर्माणको अभिष्ट प्राप्तिका लागि यतिबेला सबै लाग्न आवश्यक छ । जेठा मामाको त यो गति, कान्छा मामाको भांङ्गा्रको धोती भन्ने अवस्था सृजना नहोस् ।
अन्तमा, सस्वार्थ आएकाहरुको अन्धसमर्थनबाट कोही पनि फुल्नु हुँदैन । अन्धसमर्थकहरुको कृत्रिम रहस्य बुझ्न पछि परियो भने इतिहासले त्यसलाई नै पछि पार्छ । रचनात्मक आलोचनालाई पछ्याउँदै नयाँ नेपालको लागि नयाँ विचार र नयाँ कार्यदिशालाई माओवादी कार्यकर्ता भेलाले नयाँ उचाईमा उठाउन सकोस् । तब मात्र नयाँ संविधान जनपक्षीय र अग्रगामी हुन सक्छ । माओबाट सिक्न सकियो भने नेपालको मौलिकतामा जनपक्षीय संविधान निर्माण गर्न सकिने त छ नै साथमा दुनियाँमा पछि परेको संसदीय व्यवस्था स्वयंले कागको मासु चाख्ने निश्चित छ । हामीले चाहन मात्र सक्छौं । गर्नेहरुले गरुन् ।
Phuchche@gmail.com
Read More...